३ असार २०८१, सोमबार

प्रदेश राजाधानी माग्दै डोटी बन्द


doti

३ माघ, डोटी । दिपायलमा प्रदेश नम्बर ७ को राजधानी राख्नुपर्ने माग गर्दै बुधबारदेखि फेरि डोटी बन्द आह्वान गरिएको छ । एक हप्ता लामो आम हडताल ब्यहोरेका डोटीवासीले पुनः बन्दको मारमा परेका छन् ।

आन्दोलनमा उत्रिएका यस क्षेत्रका नागरिकहरूले आन्दोलन संयोजन समिति गठन गरेका छन् । समितिको बैठकले बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बजार, सरकारी तथा गैरसरकारी कार्यालय, यातायात, उद्योग कलकारखाना, व्यापार व्यवसाय बन्द गर्ने निर्णय गरेको छ ।

बन्द हड्तालसँगै आन्दोलनको कार्यक्रममा नागरिकता फिर्ता गर्नेसम्मका कार्यक्रम रहेका छन् । सरकारले डोटेली जनतालाई अन्याय गर्ने गरी प्रदेश नम्बर ७ को राजधानी दिपायलबाहेकका स्थानमा तोके नागरिकता जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई फिर्ता गर्ने आन्दोलन संयोजन समितिका संयोजक नरेन्द्र खड्काले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !