९ जेष्ठ २०८१, बुधबार

माघ २१ मा बस्ती हस्तान्तरण गर्दै धुर्मुस-सुन्तली


dhurmus and shuntali

२ माघ, काठमाण्डौ । शीतलहरले तराई–मधेसका जिल्ला आक्रान्त बनिरहँदा हास्य कलाकार दम्पत्ति सीताराम कट्टेल ‘धुुर्मस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ रौतहटको चन्द्रपुरस्थित सन्तपुरमा एकीकृत बस्ती बनाउन जुटिरहेको छ । यही माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ काम थालेको धुर्मुस सुन्तली फाउन्डेसनले निर्धारित समयभन्दा ४ दिनअगावै बस्ती हस्तान्तरण गर्न लागेको छ ।

बाढीले क्षतविक्षत बनाएको चन्द्रपुर–८ का ४७ घर विपन्न परिवारलाई उनीहरूले शीतयाममा घर निर्माण गरी हस्तान्तरण गर्न लागेका हुन् । बस्ती निर्माण भएको मंगलबार ९५ दिन पूरा भएको छ । यो अवधिमा दिनरात नभनी खटेकाले तोकिएको समयभन्दा अगावै निर्माण कार्य पूरा हुन आँटेको धुर्मुसको भनाइ छ ।
निर्माण कार्य सुरू भएयता मुलुक स्थानीय निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनतर्फ होमिए पनि बस्ती निर्माणमा कुनै बाधा नपुगेको र सबैको साथ, सहयोगले निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए । हस्तान्तरण गर्न १९ दिन बाँकी रहँदा बस्ती बनाउन अझै १ करोड ४० लाख अपुग भएको धुर्मुसले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !