२० बैशाख २०८१, बिहिबार

त्रिविमा ब्युँतिन थाल्यो महेन्द्रका ज्वाइँका पालाको अन्तर्राष्ट्रिय डेस्क


asian

२५ पुस, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत्को नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)ले तत्कालीन राजा महेन्द्रका ज्वाईं कुमार खड्गबिक्रम शाहको पालाका अन्तर्राष्ट्रिय डेस्कहरु ब्युँताउन थालेको छ ।

०४० सालदेखि ०४५ सालसम्म कुमार खड्गबिक्रम सिनासको कार्यकारी निर्देशक थिए । र, उनकै पहलमा सिनासमा सार्कका तत्कालीन सात वटै मुलुकका डेस्क स्थापना भएका थिए । १९ जेठ ०५८ को दरबार हत्याकाण्डमा कुमार खड्गबिक्रम पत्नी शारदासहित मारिएका थिए ।

तत्कालीन राजा वीरेन्द्रको सोचअनुसार स्थापना भएको थिंकट्यांक हो, सिनास । र, सीधा दरबारलाई सल्लाहकार दिने भूमिकामा थियो, पञ्चायतकालमा । उक्त संस्थाको पहिलो कार्यकारी निर्देशक डा. प्रयागराज शर्मा थिए । त्यसपछि मानवशास्त्री स्वर्गीय डोरबहादुर बिष्ट कार्यकारी निर्देशक बने । त्यसपछि दरबारले सीधै कुमार खड्गबिक्रमलाई उक्त पदमा नियुक्ति दिलायो ।

२०४६ सालको परिवर्तनपछि बनेका कार्यकारी निर्देशकहरुले ती अन्तर्राष्ट्रिय डेस्कहरुलाई ‘राजाका ज्वाईंले गरेको काम’का रुपमा लिए । र, पूरै बेवास्ता गरिदिए । त्यसयता नै हो, सिनास अवकाश पाउन लागेका प्राध्यापकहरुलाई लगेर थन्क्याउने ‘डस्ट बिन’ बनेको पनि ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !