६ जेष्ठ २०८१, आइतबार

अध्यक्ष दाहालद्वारा सीता महराको निधनप्रति दुःख व्यक्त


पुष्पकमल दाहाल

काठमाडौँ, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनको खबर आफूलाई दुःख लागेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएको छ । महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित हुनुहुन्हुन्थ्यो । उहाँको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !