८ जेष्ठ २०८१, मंगलबार

सङ्क्रमण नियन्त्रणमा प्रहरीको भूमिका प्रशंसनीय


शंकर पोखरेल

लुम्बिनी, ३० असोज । मुख्यमन्त्री शंकर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको जिम्मेवारी निर्वाह गरेको बताउनुभएको छ । उहाँले नेपाल प्रहरीको यस किसिमको कार्यको प्रशंसा गर्नु हुँदै महामारीको समयमा प्रहरी सङ्गठनको तर्फबाट उत्कृष्ट जिम्मेवारी निर्वाह भएको छ भन्नुभयो ।

मुख्यमन्त्री पोखरेलले ६५औँं प्रहरी दिवसको अवसरमा आज लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा बुटवलमा आयोजित कार्यक्रममा प्रदेशमा कोभिड–१९ विरुद्धको लडाइमा क्वारेन्टिनको व्यवस्थापनमा प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले सीमा नाकाबाट नागरिकलाई व्यवस्थित रुपले स्वदेश भित्र्याएर क्वारेन्टिनमा पु¥याउने, आइसोलेशनमा पु¥याउने सम्मका जनताको सेवामा लाग्दा प्रहरी सङ्गठनका अधिकृत र जवानहरु सङ्क्रमित हुने दुःखद अवस्थासमेत व्यहोर्नु परेको समेत स्मरण गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले कोभिड–१९ को सङ्क्रमण अहिले घनाआवादी भएका क्षेत्रमा फैलने क्रम बढ्दै गएको बताउँदै यसका विरुद्ध लडनेक्रम अझै जारी रहेको बताउनुभयो । उहाँले कोभिड –१९ को असरलाई न्यूनीकरण गर्ने कार्यमा राष्ट्रियस्तरमा भन्दा प्रदेशमा महत्वपूर्ण कार्य गरिएको र त्यो धेरै हदसम्म सफल भएको बताउँनुभयो । “कोभिड– १९ विरुद्धको लडाइँ अझै नसकिएको र आगामी दिनमा अझै सक्रियतापूर्वक चुनौतीलाई सामना गर्नुपर्ने छ”, उहाँले भन्नुभयो,“यसमा प्रहरी सङ्गठनका तर्फबाट महत्वपूर्ण भूमिका हुने छ ।”

मुख्यमन्त्री पोखरेलले मुलुक सङ्घीयताको कार्र्यान्वयनको महत्वपूर्ण चरणमा रहेको बताउँदै लुम्बिनी प्रदेश प्रहरी ऐन निर्माणको प्रक्रियामा रहेको जानकारी समेत दिनुभयो । उहाँले प्रदेश सरकारले निर्माण गर्ने कानून हाम्रा सङ्गठनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, कसरी अनुशासित र मर्यादित बनाउन सकिन्छ भन्ने कुरामा केन्द्रीत रहनुपर्ने बताउँदै ऐन कानून भनेको जनतालाई सेवा प्रवाह गर्ने माध्यमका रुपमा रहनुपर्ने सरकारको मान्यता रहेको स्पष्ट पार्नुभयो ।

मुख्यमन्त्री पोखरेलले कोभिड–१९ विरुद्धको लडाइँलाई जनजीवन र आर्थिक क्रियाकलापसँग जोडेर सँगसँगै लैजानुपर्ने मान्यतालाई अङ्गिकार गरिएको बताउनुभयो । उहाँले प्रदेशमा पछिल्लो समय कोरोना परीक्षण गर्ने सामथ्र्य विकसित गरिएको, कोरोनो विशेष अस्पताल, एक सय भन्दा बढी आइसोलेशनको व्यवस्था गरेर उपचारको आफ्नै प्रणाली विकास गरिएको अवस्था रहेको बताउँदै भन्नुभयो,“लकडाउन जस्तो जटिल प्रकारको कार्य गरिरहनु पर्दैन भन्ने मान्यता प्रदेश सरकारले बनाएको छ र जहाँ समस्या पर्छ त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने पक्षमा रहेका छौ ।” उहाँले स्वास्थ्य सुरक्षामापदण्ड नागरिकले पालना नगरेको अवस्थामा जटिल अवस्था आउनसक्छ भन्नेमा सबै पक्षको ध्यान जानु जरुरी रहेको बताउँदै भन्नुभयो“अब त हाम्रो जिम्मेवारी स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा केन्द्रीत हुनुपर्ने र यसमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहनेछ ।”

उहाँले प्रदेशमा सडक दुर्घटनालाई न्यूनीकरण गर्न प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औल्याउँदै प्रदेशको ट्राफिक व्यवस्थापनलाई अझै चुस्त, दुरुस्त बनाउनुपर्ने, नागरिकलाई सडक सुरक्षाका बारेमा सचेतना प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । मुख्यमन्त्री पोखरेलल प्रदेशमा लागुऔषध ओसारपसारको नियन्त्रणका लागि जुन प्रकारको भूमिका निर्वाह गरिँदै आएको छ त्यसलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।

प्राकृतिक विपत विरुद्धको लडाइँ समाजको कर्तव्यका रुपमा रहेको र उक्त काम समयमै पूरा गरिँदै आएको बताउँदै यस कार्यका लागि आगामी दिनमा क्षमतालाई व्यवस्थित गरिँदै लैजाने र चुस्तदुरुस्त बनाइने बताउनुभयो । उहाँले प्रदेश सरकार प्राकृतिक विपद् विरुद्धको लडाइँ व्यवस्थित र सङ्गठित रुपमा अगाडि बढाइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कर्तव्यपालका क्रममा विभिन्न समयमा ज्यान गुमाएका अमर प्रहरीका परिवारलाई नगद तथा सम्मानपत्रले सम्मानित गरिएको थियो । यस्तै सङ्गठनमा रहेर जिम्मेवारीमा उत्कृष्ट काम गरेका प्रहरीका विभिन्न तहका अधिकृत तथा जवानलाई मुख्यमन्त्री पोखरेलले सम्मान गर्नुभयो । त्यस अवसरमा प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक रवीन्द्रबहादुर धानुकले प्रदेशमा नेपाल प्रहरीका हरेक जिम्मेवारीमा रहेका कर्मचारीलाई कतव्र्यनिष्ठताका साथ लाग्न निर्देशन दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !