१५ जेष्ठ २०८१, मंगलबार

होटलले ग्रामीण पर्यटनको झल्को दिनुपर्छ : पर्यटनमन्त्री


योगेश भट्टराई

काठमाडौँ, ९ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ग्रामीण पर्यटनमा विदेशीलाई आकर्षण हुने गरी काम गर्न तारा गाउँ विकास समितिका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

समितिको कार्यालयको आज निरीक्षण गर्दै उहाँले नेपालमा आउने पर्यटकलाई यहाँका कला संस्कृतिसित परिचित हुने गरी आवास गृह र स्तरीय होटल बनाउन निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले समितिले सञ्चालन गरेको नगरकोट, पोखरा, ककनी क्षेत्रका होटललाई ग्रामीण पर्यटनको झल्को दिने गरी नमूनाको रुपमा विकास गर्न पनि निर्देशन दिनुभयो । हायात रेजन्सी होटलको जग्गा विवाद चाँडो समाधान गर्न आग्रह गर्दै उहाँले ग्रामीण क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गर्न अभिप्रेरित गर्ने आयोजना सञ्चालन गर्न समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई निर्देशन दिनुभयो ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले तारागाउँबाट सञ्चालन भएको होटल विदेशीस्तरको बनाउन आग्रह गर्नुभयो । समितिका अध्यक्ष न्यौपानेले अब तारागाउँ विकास समितिको सट्टा राष्ट्रिय ग्रामीण पर्यटन विकास समिति बनाउन माग गर्नुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु