७ बैशाख २०८१, शुक्रबार

नेविसंघले त्रिवि उपकुलपतिको कुर्सी जलाए, कार्यालयमासमेत तालाबन्दी


कुर्सी जलाए

१० असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी नेपाल विद्यार्थी संघले जलाएका छन् । नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका त्रिविका रजिस्टार पेशल दाहालले जानकारी दिए ।

नेविसंघले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !