२४ बैशाख २०८१, सोमबार

पोखरामा एकादशी मनाउदै गरेका बृद्धाहरुको साढे ६ तोला सुन लुटियो


कार्तिक १५, कास्की | पोखराको तुलसीघाटमा हरिबोधिनी एकादशी मनाईदै गर्दा बृद्धा महिलाहरुको करिब साढे ६ तोला सुन लुटिएको छ । भक्तजनहरुको अत्याधिक भिड भएको समयमा तुलसीघाटमा दुई जना बृद्धा महिलाहरुको गलाबाटै सुनको सिक्री चोरी भएको हो ।

पोखरा पर्स्याङ्का ७० बर्षीया शिवभरी उपाध्याय र  पर्स्याङ् कै ७२ बर्षीया वाटुली पौडेलको गलामा लगाएको सुनको सिक्री चोरी भएको प्रहरीले जनाएको छ ।

उपाध्यायको २ तोला र पौडेलको करिब साँढे ४ तोलको सुनको सिक्री चोरी भएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिले जनाएको छ । मेलामा सुरक्षाकर्मी खटाउदा खटाउदै यस्तो चोरी भएकोमा समितिले भक्तजनहरु मेलामा आउदा  सतर्क रहन आग्रह गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !