५ जेष्ठ २०८१, शनिबार

चितवनमा २ जना चिकित्सकमा देखियो कोरोना संक्रमण


चिकित्सकमा देखियो कोरोना संक्रमण

भरतपुर, जेठ २६ । चितवन जिल्लामा २ जना डाक्टरसहित २० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण भएको पुष्टि भएको छ। भरतपुर अस्पताल स्रोतका अनुसार सोमबार बिहान आएको रिपोर्ट अनुसार २० जनामध्ये २ जना चिकित्सक रहेको पुष्टि भएको हो ।

चितवनमा २ जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमितमध्ये २ जना चिकित्सकहरु भरतपुरको एउटा निजी अस्पतालमा कार्यरत चिकित्सक भएको जनाइएको छ । उनीहरू कुन अस्पतालको भन्ने कुरा खुलाइएको छैन । उनीहरूको भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

यसबारे भरतपुर अस्पतालले औपचारिक जानकारी गराउन बाँकी छ । यस अस्पतालले फेसबुक पेजवाट कोभिड-१९ का विरामी, RT र PCR परिक्षणका पछिल्ला अपडेट सहित दिउसो ३.०० वजे प्रत्यक्ष प्रशारण गर्ने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !