१४ बैशाख २०८१, शुक्रबार

लकडाउनले गाँस छिन्यो, भोकले आत्महत्या प्रयास


जेठ २२, हेटौंडा । हेटौंडा–४ का एक मजदुरले यसै साता आत्महत्या प्रयास गरे । छिमेकीले तत्काल थाहा पाएपछि उद्धार गरी उनलाई सान्त्वना मात्र दिएनन्, केही रकम जम्मा गरी दाल, चामलको जोहो गरिदिए ।

लकडाउनका कारण दैनिक ज्यालादारीको काम गर्न नपाएपछि ती अधबैंसे पुरुषले आत्महत्या प्रयास गरेका थिए । ‘मजदुरी गरेर जीविका चलाउँदै आएका उनले आफ्ना ससाना चार छोराछोरीलाई यो खाऊ भन्ने चीन केही दिन नसकेपछि आफू मर्ने निधो गरेका रहेछन्,’ स्थानीय मिलन श्रेष्ठ भन्छन् ।

लकडाउनका कारण काम बन्द भएपछि दैनिक ज्यालादारी गरी जीविका चलाउँदै आएका मजदुरको दैनिकी कष्टकर बन्दै गएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शुभलक्ष्मी विश्वकर्माले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !