२३ बैशाख २०८१, आइतबार

सरकारले लकडाउन खुकुलो बनाइँदै, अब कुन-कुन सवारी चलाउन पाउँछ त ?


लकडाउन

काठमाडौं, १९ जेठ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । यो सँगै सरकारले अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ ।

स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइनेछ । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !