८ जेष्ठ २०८१, मंगलबार

सिद्धबाबा सडक फेरि बन्द हुने- बुटवल पोखराहुदै बाग्लुङ सम्म जाने यात्रु मारमा


असोज २३ | सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रको सडक फेरि बन्द हुने भएको छ । सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मर्मत हुने भएपछि सो सडक बन्द हुने भएको ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो ।

डिभिजन सडक कार्यालय पाल्पाले सडक मर्मत छिटो गर्ने गरी काम अघि बढाएको जनाएको छ । तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–२ दोभान र सिद्धबाबाको बीचमा सडकमाथिदेखि ढुंगासहितको पहिरो खस्दा तीन जनाले ज्यान गुमाईसकेका छन् ।

सिद्धबाबा क्षेत्रमा असोज ९ गतेदेखि पहिरो झर्न थालेपछि सडक अवरुद्ध हुँदै आएको थियो । बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ जाने यात्रुका साथै र बुटवलतर्फ जाने सवारीसाधन रोकिएपछि यात्रु मारमा परेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !