१४ जेष्ठ २०८१, सोमबार

गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखका कामहरु, कर्तव्यहरु र अधिकारहरु


ministry of federal affairs and local development nepalb

२७ जेठ, काठमाडौं । प्रचलित कानुनमा उल्लेख भएको अतिरिक्त गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखका काम, कर्तव्य र अधिकारहरु देहाय बमोजिम हुनेछ ।

गाउँपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखका काम, कर्तव्य र अधिकारहरु

  • सभा र कार्यपालिकाको बैठक बोलाउने र अध्यक्षता गर्ने
  • सभा र कार्यपालिकाको बैठकको कार्यसूची पेस गर्ने गराउने
  • गाउँपालिका वा नगरपालिकाको आवधिक वा वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेस गर्ने
  • कार्यपालिकाको निर्णयबाट सभाको अधिवेशनको आह्वान र समापनको घोषणा गर्ने
  • उपाध्यक्ष वा उपप्रमुख वा सदस्यहरूलाई गाउँपालिका वा नगरपालिकाको कार्यविभाजन नियमावली अनुरूपको विषयगत कार्यजिम्मेवारी बाँडफाँड गर्ने
  • सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गराउने तथा अनुगमन, मूल्यांकन र समीक्षा गर्ने गराउने
  • कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने
  • उपाध्यक्ष वा उपप्रमुख वा सदस्यलाई काजमा खटाउने
  • गाउँपालिका वा नगरपालिकाको चल–अचल सम्पत्तिको हेरचाह गर्ने
  • विकास कार्यक्रमको अनुगमन गर्ने, प्रभावकारी बनाउने
  • गाउँपालिका वा नगरपालिकाको भूउपयोग नीति गुरुयोजना वा कानुनले तोकेबमोजिम पूर्वस्वीकृति नलिई कुनै व्यक्ति, संस्था वा कम्पनीले जग्गा प्लटिङ वा प्लानिङ गरेको पाइएमा कारबाही गर्ने
  • प्रचलित कानुनबमोजिम प्रमाणित वा सिफारिस गर्ने
  • गाउँपालिका वा नगरपालिकामा विषयगत विभाग, महाशाखा, शाखाको रेखदेख र नियन्त्रण गर्ने
  • गाउँपालिका वा नगरपालिका क्षेत्रमा सञ्चालित कार्यक्रमको गुणस्तर कायम गर्ने
  • अन्य स्थानीय तह, प्रदेश एवं संघीय तहसग समन्वय गर्ने
  • गुनासो सुुनुवाइ गर्ने
  • विपत् जोखिम व्यवस्थापन गर्ने
  • गाउँपालिका वा नगरपालिकाले सम्पादन गरेका कार्यको मासिक प्रगति विवरण तयार गरि कार्यपालिकाको बैठकमा पेस गर्ने
  • गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र आपूर्ति हुने वस्तु वा सेवाको सहज आपूर्ति भए/नभएको यकिन गरी आपूर्ति व्यवस्था मिलाउने र नियमित बजार अनुगमनको व्यवस्था मिलाउने
  • गाउँपालिका र नगरपालिका क्षेत्रभित्र कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका क्रियाकलापको नियमित अनुगमन र नियमन गर्ने
  • गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने कार्यको स्थानविशेषका आधारमा लागत कायम हुने गरी निर्माण सामग्री तथा ज्यालाको दररेट निर्धारण गर्ने
  • गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने
  • सरकारी वा सार्वजनिक ऐलानी, पर्ती जमिनमा भएको अतिक्रमण हटाउने र त्यस्ता जमिनको संरक्षण गर्ने
  • राजनीतिक दल, नागरिक समाज, पेसागत संघसंस्था र निजी क्षेत्रबीच आपसी समन्वय, सद्भाव र सामञ्जस्यता कायम गर्ने
  • स्थानीय तहको सभा र कार्यपालिकाबाट भएका निर्णयहरू सार्वजनिक गर्ने–गराउने
  • गाउँपालिका र नगरपालिकाको अधिकार क्षेत्रभित्रका विषयमा संघ, प्रदेशबाट प्राप्त नमुना कानुनका आधारमा कानुन बनाई लागू गर्ने
  • गाउँपालिका र नगरपालिका तहमा प्रतिस्पर्धा कायम गर्न जुनसुकै स्वरूपमा गरिने सिन्डिकेट, कार्टेलिङ, कालोबजारीजस्ता कार्य हुन नदिने
  • संघ, प्रदेशबाट प्राप्त कानुन, नीति–नियम, कार्यविधि, आदिका आधारमा उपयुक्त नीतिगत एवं कानुनी व्यवस्था गरी कार्यान्वयन गर्न गराउन अग्रसरता र नेतृत्व लिने
  • स्थानीय तहमा देखिने सांस्कृतिक तथा आर्थिक विचलन, सामाजिक कुरीतिजस्ता कार्य नियन्त्रण गर्ने

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !