१४ बैशाख २०८१, शुक्रबार

दशरथ रंगशालामा सागको समापन चल्दै गर्दा प्रधानमन्त्रीले गरे यस्तो ट्वीट


प्रधानमन्त्री केपी शर्मा ओली

मंसीर २४, काठमाडौं । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद सफल बनाउन सक्रिय सहभागिताको लागि सहभागी सबै राष्ट्र र खेलाडीहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्नो ट्वीटमा सागले दक्षिण एसियाली क्षेत्रका मानिसहरु बीच समझदारी, सद्भावना, सद्भाव, एकतालाई प्रवद्धन गरेको बताएका छन् ।

साग जस्तो ठूलो मेला सफल बनाउन उच्च योगदानको गर्नेहरुलाई पनि ओलीले धन्यवाद दिएका छन् । यसका साथै ओलीले आफूहरुले यो महोत्सव आयोजना गर्न पाएकोेमा एकदमै भाग्यमानी महसुस गरेको समेत बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !