१४ बैशाख २०८१, शुक्रबार

ग्राण्डीमा प्रधानमन्त्री ओलीको तेस्रो पटक डायलासिस


केपी शर्मा ओली

३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक फेरि डायलासिस गरिएको छ । प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् ।

नियमित स्वास्थ्य जाँचका लागि धापासीस्थित ग्रान्डी अस्पताल पुगेका प्रधानमन्त्री ओलीको डायलासिस भएको अस्पतालले जनाएको छ । फलोअपका लागि अस्पताल पुगेका ओलीको हेमोडायलासिस भएको अस्पतालका डाइरेक्टर चक्रराज पाण्डेले जानकारी दिए ।

यसअघि ग्रान्डीमै कात्तिक १२ र १३ गते उनको डायलासिस भएको थियो । पिसाब निष्कासनमा सहजताका लागि मिर्गौलामा स्टेन्ट राखिएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यस्तो छ ग्राण्डी अस्पतालले निकालेको प्रेश बिज्ञप्ति 

प्रेश बिज्ञप्ति ग्राण्डी अस्पताल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !