२२ बैशाख २०८१, शनिबार

मन्त्री नै ठेकेदार, अधिकांश सडक अधुरा


३० साउन, काठमाडौं । सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थे ।

दुई वर्ष्भित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनीरएमकेरलोहनी जेभी काठमाडौंले लिएको थियो । गत आर्थिक वर्ष्भित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ ।

२०७४ असार २८ गते सो निर्माण कम्पनीले १२ करोड ४५ लाख ४० हजार ९४२ रुपैयाँमा २०७६ असार मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । सम्पन्न गर्ने समयसम्म २१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको कम्पनीलाई सडक डिभिजन कार्यालय चौरजहारी (रुकुम पश्चिम) ले एक वर्ष म्याद थपेको छ ।

प्रदेश मन्त्रालय मातहत आउनुअघि यो सडक डिभिजन सडक कार्यालय सुर्खेतको कार्यक्षेत्रभित्र थियो । उतिबेलै समयमै काम सम्पन्न गर्न डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई तीनपटक पत्र काट्यो । निर्माण कम्पनीले कुनै पनि पत्रको जवाफ दिएन् । यो समाचार आजको नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !