१४ बैशाख २०८१, शुक्रबार

अस्मी श्रेष्ठले मिस नेपाल २०१६


miss nepal 2016 miss nepal 2016

मिस नेपाल २०१६ को उपाधि अस्मी श्रेष्ठले हात पारेकी छन्। शुक्रबार राजधानीको होटल अन्नपूर्णमा भएको अन्तिम प्रतिश्पर्धामा १९ युवतीलाई पछि पार्दै श्रेष्ठले उपाधि हात पारेकी हुन्।
उनलाई अघिल्लो वर्षकी मिस नेपाल इभाना मानन्धरले ताज पहिर्‍याइदिएकी हुन्।
हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताकीमा मिस नेपाल अर्थको उपाधि रोशनी खत्रीले हात पारिन् र मेधा लेखीले मिस नेपाल इन्टरनेसनलको उपाधि पाइन्।
मिस नेपालः अस्मी श्रेष्ठ
मिस नेपाल अर्थःरोशनी खत्री
मिस नेपाल इन्टरनेशनलःवर्षा लेखी
मिस ट्यालेन्टः श्रीजना रेग्मी
मिस कन्फिडेन्ट  : रोशनी खत्री
मिस पर्सनालिटी : रोशनी खत्री


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !