२० बैशाख २०८१, बिहिबार

इन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण


२७ वैसाख, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोल तथा अप्टिकल फाइवर भाडाको नयाँ दर रेट कायम गरेको र उक्त भाडादर इन्टरनेट तथा टिभी सेवा प्रदायकले नतिरेपछि प्राधिकरणले तार काट्ने भएको ।

यता इन्टरनेट सेवा प्रदायक समन्वय समितिले शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणको निर्णयको विरोध गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो ।

प्रधिकरणले तारकाटेपछि हुने ब्ल्याक आउटको जिम्मा नलिने समितिले बताएको छ । साथै यहि २०७५ साल साउन १ गतेदेखि विद्युत प्राधिकरणले एकलौटि ढंगले नयाँ दररेट कायम गरेको भन्दै समितिले विरोध गरेको हो ।

प्राधिकरणले तोकेको रेटमा हाल तिर्दै आएको रेटको तुलनामा शहरमा ५ गुणाले वृद्धि हुने र गाउँमा १२ प्रतिशतले वृद्धि हुने भएको छ । उक्त समिति संयोजक दिनेश सुवेदीले सरकार समस्या समधानका लागि वार्ताको वारवरण नबनाएको आरोप लगाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !