२२ बैशाख २०८१, शनिबार

जापान लाने तयारी अन्तिम चरणमा पुगेको समाचारहरु गलत हो : प्रवक्ता डा. नारायण रेग्मी


japan

२१ फागुन, काठमाडौं । कामदारको लागि जापान लाने भनि जापान सरकारले सहमति जनाएको तर कहिलेदेखि लाने र कतिजना लाने भन्ने विषयमा कुनै खालको सहमति र तयारी नभएको  कुरा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव एवं प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिनुभएको छ ।

नेपालपत्रका सम्बाददाता पत्रकार राम मगरसँग कुरा गर्दै प्रवक्ता डा. रेग्मीले यहि मार्चदेखि जापान लानको लागि परिक्षा लिने भन्ने समाचारहरु अनुमानको भरमा लेखेको जानकारी दिनुभयो ।

प्रवक्ता डा. रेग्मीले भन्नुभयो “विभिन्न मिडियाहरुमा मार्च महिनादेखि नै जापान लानको लागि तयारी अन्तिम चरणमा पुगेको कुरा कसलाई सोधेर लेख्नुभयो । हामीलाई थाहा छैन । तर अहिलेसम्म यस विषयमा कुनै प्रक्रिया सुरु भएको छैन ।“

नेपाली कामदार लैजान जापानी र नेपाली प्राविधिक टोलीबीच सहमति भएको थियो । तर अहिलेसम्म  कहिलेदेखि लाने र के गरि लाने भन्ने विषयमा दुई देशवीच कुनै खालको सहमति भएको छैन ।

जापान नेपालीका लागि आकर्षक गन्तव्य मुलुक मानिन्छ । नर्सिङ, सुरक्षा गार्ड, उत्पादनमूलक उद्योग, होटल तथा आतिथ्य व्यवसाय, कृषि, मत्स्य संकलन, खाद्य प्रशोधन तथा खाद्य आपूर्तिलगायत १४ वटा क्षेत्र जापानले आप्रवासी कामदारका लागि खुला गरेको हो ।

विदेशी कामदार लैजाने नीति पारित गरेसँगै जापानले नेपालसहित नौवटै देशबाट एकैचोटि कामदार लैजाने प्रक्रिया अघि बढाएको छ । जापानले नेपाल, चीन, इन्डोनेसिया, म्यानमार, मंगोलिया, थाइल्यान्ड, फिलिपिन्स, भियतनामलगायत देशबाट कामदार लैजाने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !