१५ बैशाख २०८१, शनिबार

श्रीरामको ‘तस्वीर’ सार्वजनिक


Nepalpatra

१४ असोज, भक्तपुर ।  गजलकार श्रीराम केसी ‘निशान्त’को गजल सङ्ग्रह ‘तस्वीर’ सार्वजनिक गरिएको छ ।

चमेरो बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको उक्त गजल आज बालकोटमा आयोजित कार्यक्रममा प्रदेश नम्बर नं ३ का प्रदेश सदस्य शशीजङ्ग थापाले सार्वजनिक गर्नुभएको हो । उहाँले मोतिराम भट्ट हुँदै शुरु भएको नेपाली गजल लेखनको यात्रा समृद्ध हुँदै गएको चर्चा गर्दै उक्त विधामा यस पुस्तकले पनि उचाइ थपेको बताउनुभयो ।

उक्त सहकारीका अध्यक्ष ई भीमसेन श्रेष्ठले स्रष्टालाई प्रेरणा दिन, पाठकलाई गजलको स्वाद चखाउन एवं समाज निर्माण अभियानमा सहकारीसँग जोड्न वार्षिक साधारणसभाको अवसर पारेर पुस्तक सार्वजनिक गरिएको बताउनुभयो ।गजलकार निशान्तले समय–समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित गजललाई एउटै मालामा उन्दै नेपाली गजल विधाको समृद्धिमा टेवा पु¥याउने सोचका साथ उक्त पुस्तक प्रकाशित गरिएको बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !