१४ बैशाख २०८१, शुक्रबार

स्मार्टफोन स्वास्थ्यका लागि घातक, कारण यस्तो छ


Smartphone

स्मार्टफोन आधुनिक समयको माग हो र अब यो मानिसको अपरिहार्य वस्तु बनिसकेको छ । स्मार्टफोनले मानिसको त्यसमाथिको निर्भरता दिनानुदिन बढाउदै गइरहेको छ । तर स्मार्टफोन हाम्रा लागि जति उपयोगी छ, त्यति नै यो हाम्रो स्वास्थ्यका लागि घातक पनि छ ।

यसको धेरै उपयोगले युवाहरु छिट्टै बृद्ध बन्ने खतरा निम्तिएको छ । एक अध्ययनबाट पत्ता लागेको छ कि स्मार्टफोनको अधिक प्रयोग गर्ने युवाहरुको अवस्था ८० वर्षका बृद्धको जस्तै हुन जान्छ ।

यसका साथै गर्धन दुख्ने, कम्मर दुख्ने जस्ता शारीरिक समस्या निम्तिने गरेको तथ्य पनि बाहिर आएको छ । वैज्ञानिकहहरुले २१ जना मानिसहरुमा आई ट्र्याकरको माध्यमबाट निगरानी गरे । र ती मानिसका २५२ ओटा हाउभाउ र घटनालाई क्यामेरमा कैद गरेर त्यसमाथि रिसर्च गरे ।

उक्त रिसर्चबाट पत्ता लाग्यो कि ४६ प्रतिशत मानिसहरु हिँड्दै गरेको अवस्थामा स्मार्टफोनको प्रयोग गर्छन्, चाहे फोनमा कुराकानी गर्नका लागि होस्, म्यासेज पढ्का लागि होस् या म्यासेज टाइप गर्नका लागि । स्मार्टफोन प्रयोग गरेर हिँडिरहँदा उनीहरुको गतिमा कमी आउँछ । र उनीहरु यसप्रकारले हिँड्ने गर्छन् जस्तो कि कुनै बृद्ध हिँडिरहेका छन् ।

शोधकर्ताहरुले यो पनि पत्ता लगाएका छन् कि स्मार्टफोनकै कारण मानिसहरुमा ढाड र कम्मर दुख्ने समस्या निम्तिने गर्छ । साथै यसले मानिसहरुको आँखाको ज्योती विस्तारै गुम्ने खतरा रहेको पनि उनीहरु बताउँछन् । स्मार्ट फोनका कारण मानिसको आयू औषतमा १० वर्षसम्म कम हुने गरेको पनि नयाँ तथ्य पत्ता लागेको छ ।

यति मात्र हैन, ‘प्लस वन’ नामको पत्रिकाले गरेको अध्ययनअनुसार मानिसहरुको सम्बन्धमा पनि दरार पैदा भइरहेको छ । किनकी मानिसहरु आफ्नो पार्टनरसँग भन्दा बढी समय स्मार्ट फोनसँग विताउन लागेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !