२४ बैशाख २०८१, सोमबार

राष्ट्रिय जागृति क्लब सेमी फाइनलमा प्रवेश


फुटबल

१२ भदौ, ताप्लेजुङ  । ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकपको सेमी फाइनलमा राष्ट्रिय जागृति क्लब इटहरी प्रवेश गरेको छ ।

आज भएको खेलमा युनाइटेड खर्साङ फुटबल क्लब दार्जेलिङ भारतलाई ट्राइबेकरमा ३–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी सेमी फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि थप गरिएको अतिरिक्त समय हुँदै ट्राइबेकरमा पुगिएको खेलमा राष्ट्रिय जागृति क्लबका जर्सी नं २ का रमेश राजवंशी, जर्सी नं ११ का दीपेन तामाङ र जर्सी नं १३ का उमेश कार्कीले एक एक गोल गरेका थिए ।

यसैबीच भोलि हुने पहिलो चरणको अन्तिम खेलमा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाइज काठमाडाँै र एम्ब्रोज क्लब मोरङले प्रतिस्पर्धा गर्नेछ । दोस्रो चरणको खेल १४ गतेदेखि र फाइनल खेल १६ गते हुने आयोजकले जनाएको छ ।

सदरमुकाम फुङलिङस्थित भानुजन माविको खेलमैदानमा भइरहेको सो प्रतियोगिताको विजेताले तीन लाख एक हजार १११ र उपविजेताले एक लाख ५१ हजार १११ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

खेलकुदको माध्यमबाट पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरी जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको छ ।

लाखेजात्राका अवसरमा २०२९ सालदेखि प्रत्येक वर्ष खेल हुँदै आए पनि २०७४ सालदेखि नाम परिवर्तन गरेर यसलाई पाथीभरा गोल्डकप बनाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !