१९ जेष्ठ २०८१, शनिबार

कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइयो


Karfu

१० भदौ, कञ्चनपुर ।  कञ्चनपुरमा पाँच घण्टाका लागि कफ्र्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कफ्र्यू हटाइएको हो ।
दश बजेदेखि पुनः कफ्र्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरिएको थियो ।

पाँच घण्टाका लागि कफ्र्यू हटाइएपछि रक्षा बन्धनका लागि सामग्री खरिद गर्नेको बजार क्षेत्रमा भीड लागेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !