६ जेष्ठ २०८१, आइतबार

 फलफूल स्वादको दही बजारमा


Sulav Dahi

७ साउन, काठमाडौँ ।  सामुहिक कृषक डेरीले सुलभ ब्राण्डमा आजवाट फलफूल स्वादको दही बजारमा उपलब्ध गराएको छ । आँप, स्ट्रेबरी र केराको स्वाद राखेर उपलब्ध हुने दहीले उपभोक्ताको सन्तुष्टि बढाउने अपेक्षा कम्पनीको छ ।

नेपालमा तीन फरक स्वादमा दही उपलब्ध गराउने सुलभ पहिलो कम्पनी बनेको डेरीका अध्यक्ष रबिप्रसाद रिजालले बताएका छन् ।

कम्पनीले भारत तथा युरोपियन देशवाट आयात भएको फलफूलको रस दहीमा प्रयोग गरेको छ । “दही बनाउन ठीक्क पारिएको दुधमा रसले भरिएको फलफुलका टुक्रा हाल्छौं” कम्पनीका महाप्रबन्धक सन्तोष पोख्रेलले भने, “त्यसपछि दुध जमेर दही बन्दा जुन फलको स्वाद दिइएको हो, उपभोक्ताले त्यही फलफूलको स्वादमा दही पाउनुहुन्छ ।”

९० मि.लि. को कपमा पाइने दही पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध हुनेछ ।

उद्योगका सुलभ ब्राण्डमा दही बाहेक पाउचको दुध, घिउ, पनिर, बटर र चिजसमेत उत्पादन र विक्री वितरण भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !