२० बैशाख २०८१, बिहिबार

समूह विजेता बन्दै बेल्जियम नकआउट चरण प्रवेश


Belgium

१५ असार, काठमाडौं । समूहको अन्तिम खेलमा इंग्ल्याण्डलाई पराजित गरेपछि बेल्जियम विश्वकपमा समूह जीको विजेता बनेको छ । यसअघि नै नकआउट चरणमा पुगिसकेका दुवै टोलीबीचको खेल समूह विजेताकै लागि थियो ।

रुसको किलिनिंगार्ड रंगशालामा भएको खेलमा समूहमा शतप्रतिशत जित निकाल्ने क्रममा बेल्जियमले इंग्ल्याण्डलाई १–० गोलले हरायो ।

पहिलो हाफमा दुवैले बराबरी खेलेका थिए । तर, दोस्रो हाफको सुरुमै बेल्जियमले अग्रता लियो । त्यही अग्रतालाई जोगाउँदै उसले जित हासिल गरेको हो ।

खेलको ५१औं मिनेटमा अडनान जानुजाजले उत्कृष्ट गोल गरेका थिए ।

इंग्ल्याण्ड र बेल्जियम दुवैले टिममा ब्यापक फेरबदल गरेका थिए । यसअघिका दुई म्याच खेलेका भन्दा बेल्जियमले ९ तथा इंग्ल्याण्डले ८ खेलाडी परिवर्तन गरेको थियो । दोस्रो रोजाइको टिम मैदानमा उत्रँदा खेल अपेक्षाकृत प्रतिस्पर्धात्मक बन्न सकेन ।

समूह विजेता बनेको बेल्जियमले नकआउट चरणको पहिलो खेलमा समूह एचको उपविजेता जापानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै उपविजेता इंग्ल्याण्डले समूह एचको विजेता कोलम्बियाको सामना गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !