१८ बैशाख २०८१, मंगलबार

जनसरोकारका विषयलाई समाचार बनाउन अध्यक्ष श्यामलको आग्रह


shyamal

१० असार,  बर्दिवास । राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले जनसरोकारका र ओझेलमा परेका विषयलाई समाचारका माध्यमबाट जनसमक्ष ल्याउन समाचारदातालाई सुझाव दिनु भएको छ ।

राससका पूर्वक्षेत्रका कार्यालय र व्यवस्थापनबारे अवलोकन गर्न बिराटनगर जाने क्रममा शनिबार साँझ महोत्तरीको बर्दिवासमा जिल्लाका स्ट्रिञ्जरसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष श्यामलले विज्ञान र प्रविधिको विकाससँग आफूलाई जोडेर काम गर्न सुझाउनुभएको हो ।

कोठाभित्र बसेर विभिन्न छापा र अनलाइनमा देखिएका समाचार काँटछाँट गरेर पठाउने प्रवृत्ति राससकर्मीले अँगालेका भए यो अब धेरै टिकाउ हुन नसक्ने अध्यक्ष श्यामलको भनाइ थियो । “तपाईहरु समस्या भएका ठाउँ, उपलब्धि भएका ठाउँमा पुग्नुहोस्, सरोकारवाला के भन्छन् सुन्नुहोस्” श्यामलले भन्नुभयो–, “यी विषयलाई समाचार बनाउनोस्, यसले स्वयं समाचारदाता र राससको गरिमा बढाउँछ ।”

आपूmले नयाँ जिम्मेवारी सम्हालेसँगै राससकर्मीकै साथ सहयोगबाट नयाँ उपलब्धि हासिल गर्ने अठोट लिएको उहाँले बताउनुभयो ।
भेटघाटमा अध्यक्ष श्यामल र राससका वरिष्ठ सम्पादक श्याम रिमालसहितको टोलीसमक्ष स्ट्रिञ्जरले मोफसलका समाचारले खासै स्थान पाउन नसकेको गुनासो गर्दै आफूहरुलाई दक्षता अभिवृद्धि तालीममा सहभागी गराउन माग गरेका थिए ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !