६ जेष्ठ २०८१, आइतबार

किसानलाई धानको बीउ वितरण


paddy grain

२९ जेठ, लहान । सिरहाको मिर्चैया नगरपालिकाले कृषकलाई धानको बीउ वितरण गरेको छ ।

नगरपालिकाको कृषि शाखाले ३० कृषकलाई बासमति, सोनामन्सुली, सोना सर्ववण र एमटियु नामक धानका बीउ वितरण गरेको हो ।

प्रतिकृषक सात किलोका दरले बीउ निःशुल्क वितरण गरिएको कृषि शाखा मिर्चैयाका प्रमुख हरिशचन्द्र पण्डितले जानकारी दिनुभयो ।

यस्तै मिर्चैया नगरपालिका–५ का कृषकलाई धान र तरकारी खेती सम्बन्धी तालीम समेत दिइएको पण्डितले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !