२२ बैशाख २०८१, शनिबार

८१६ कैदीको कैद सजाय माफी


Bidhaya Devi Bhandari बिद्यादेवी भण्डारी

१५ जेठ, काठमाडौँ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६ बमोजिम कैद सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ कैदीको भुक्तान हुन बाँकी कैदको सजाय माफी गर्नुभएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा एघारौँ गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा असल चालचलनका कैदीको सजाय छोट्याई सोमबार माफी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु