१४ बैशाख २०८१, शुक्रबार

आज नेप्सेमा झिनो सुधार


bullness trend

३ जेठ, काठमाण्डौ । आज नेप्से परि साताको अन्तिम दिन नेप्सेमा झिनो अंकले वृद्धि गरेको छ । नेप्से १ दशमलव ६४ अंकले बढेर १ हजार ३ सय ३९ दशमलव ६५ अंकको बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । सूचक केवाइसीको आतंकले व्याप्त बजारमा नेप्से परिसूचक आज बढेको छ भने कारोबार रकम पनि अघिल्ला २ दिनको तुलनामा बढेको छ ।

यो दिन बजारका समूहहरुको मिश्रित प्रदर्शन देखिएको छ । बैकिङ समूह २.२ अंकले बढेको छ भने होटल समूहमा २.९ अंक, विकास बैंक समूह २.७१ अंक, जलविद्युत समूह ४.७९ अंक र बिमा समूह २८.७२ अंकले बढेको छ । यस्तै, व्यापार समूह ४.९८ अंकले घटेको छ भने बित्त समूह ०.२९, उत्पादनमूलक समूह १५.९६ अंक, माइक्रोफाइनान्स समूह ४.०२ र अन्य समूह २.४७ अंकले घटेको छ ।

‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप केही बढेको देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ०.२३ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१६ अंकको बढोत्तरी भएको छ ।

धेरै कारोबार गर्ने कम्पनी

यो दिन बजारमा १ सय ५४ कम्पनीका ५ लाख ७९ हजार ४१ कित्ता सेयर २८ करोड ५४ लाख ५५ हजार १ सय ४१ रुपैयाँमा किनबेच भएको छ ।

सबैभन्दा बढी वोमी माइक्रोफाइनान्सले २ करोड १३ लाख बढीको कारोबार गरेको छ । नेपाल बैंकले ९७ लाख, प्रभू इन्स्योरेन्सले ९० लाख, मिर्मिरे माइक्रोफाइनान्सले ८४ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८१ लाख बढीको कारोबार गरेका छन् । ग्लोबल आइएमई बैंकले ७२ लाख, एभरेष्ट बैंकले ६६ लाख, एनसीसी बैंकले ६६ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६४ लाख र एनएमबी बैंकले ६३ लाख भन्दा बढीको कारोबार गरेका छन् ।

धेरै कमाउने र गुमाउने कम्पनी

यो दिन कन्काई विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतले वृद्धि भयो । समता माइक्रोफाइनान्सका लगानीकर्ताले समेत ५ प्रतिशतको  हाराहारीमा कमाए ।

यो दिन मिसन डेभलपमेन्ट बैंक लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो । रिदी हाइड्रोपावरको मूल्य साढे ४ प्रतिशतको हाराहारीमा घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !