२० बैशाख २०८१, बिहिबार

गुण्डागर्दी र लागुऔषध नियन्त्रणका लागि समिति गठन


No photo Image

२६ वैशाख, काठमाण्डौ ।  गोँगबु, नयाँ बसपार्क क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन सात वटा समिति गठन गरिएको छ ।

महानगरीय प्रहरी प्रभाग नयाँबसपार्क, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा आज नयाँ बसपार्क र त्यस क्षेत्र वरपर हुने अपराध नियन्त्रण गर्न समिति गठन गरिएको हो ।
गठन गरिएका समितिहरुमा लागुऔषध नियन्त्रण तथा निराकरण समिति, महिला विरुद्धको अपराध नियन्त्रण समिति, व्यवस्थित फुटपाथ तथा पार्किङ समिति, होटल लज रेष्टुराँ, डान्स बार व्यवस्थित समिति, अवैध धन्दा निराकरण समिति, गुण्डागर्दी नियन्त्रण तथा निराकरण समिति र सार्वजनिक स्थान सरसफाइ समिति रहेका छन् ।

प्रभाग प्रमुख प्रताप पौडेलले गोँगबु, नयाँ बसपार्क क्षेत्रको अपराध नियन्त्रण गरी उक्त क्षेत्रलाई सबैको रोजाइको क्षेत्र बनाउनका लागि विभिन्न समिति गठन गरिएको जानकारी दिनुभयो । “गोँगबु क्षेत्रको शान्तिसुरक्षालाई बलियो बनाउनका लागि स्थानीय जनताको साथ सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो ।

स्थानीय सामुदायिक सेवा केन्द्रका कार्यवाहक अध्यक्ष शैलेश कार्कीले नेपालको एक मात्र राष्ट्रिय बसपार्क रहेको नयाँ बसपार्कको शान्तिसुरक्षालाई बलियो बनाउन केन्द्रले प्रहरीसँग मिलेर समिति गठन गरेको जानकारी दिनुभयो । “प्रहरीलाई सहयोग गर्ने भनेको स्थानीयवासीले नै हो,” उहाँले भन्नुभयो ।

सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख दीपेन्द्रबहादुर मल्लले बिना बर्दीका प्रहरका रुपमा गोँगबु क्षेत्रलाई उपत्यकाको नमूना क्षेत्र बनाउन स्थानीय जनताको सहयोग प्रहरीलाई आवश्यक पर्ने बताउनुभयो । गठन गरिएका समितिमा अनिवार्य एक प्रहरीसहित स्थानीयवासीको सहभागिता रहनेछ । प्रत्येक समितिमा कम्तीमा १५ सदस्य रहने व्यवस्था गरिएको छ । गोँगबु क्षेत्रमा एक हजारभन्दा धेरै होटल, लज, बार तथा रेष्टुराँ सञ्चालनमा छन् ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !