२१ बैशाख २०८१, शुक्रबार

भारत–नेपालबीचको व्यापार वृद्धि हुनुपर्नेमा जोड


२४ वैशाख, काठमाण्डाै। नेपाल चेम्बर अफ कमर्सले भारतसँगको व्यापारलाई अभिवृद्धि गर्न सरकारका तर्फबाट आवश्यक पहल गरिदिन आग्रह गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपाल–भारत प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशमा आर्थिक समृद्धि हासिल गर्ने अठोट मुलुकले गरिरहेको बेला भारत–नेपालबीचको व्यापार वृद्धि हुनुपर्ने बताउनुभयो ।

भूपरिवेष्टित देश नेपालले भारतको विशाखापटनम तथा बंगलादेशको बन्दरागाह पनि खुलाउन पाएमा त्रिदेशीय व्यापार वृद्धि हुने बताउँदै उहाँले नेपालमा सिन्डिकेटको निमिट्यान्न पार्ने सरकारको अभियानलाई चेम्बरले स्वागत गरेको बताउनुभयो ।

बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने विदेशी पर्यटकको पासपोर्ट डिपोजिट गर्ने नियम खारेज गरी पर्यटकको लुम्बिनी बसाइँलाई लम्ब्याउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले भारतको विश्वास जित्ने पहल गरिरहेको जानकारी दिँदै भारतसँग भएका समझदारीलाई कार्यान्वयन गर्ने पहल गरिरहेको उल्लेख गर्नभयो । उहाँले भारतसँगको सहयोगका नयाँ क्षेत्रको पहिल्याउने काम भइरहेको चर्चा गर्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण यसमा नै केन्द्रित हुने बताउनुभयो ।

उहाँले नेपालको अलैँची, अदुवा तथा जुट सबै भारतमा निकासी भए पनि नेपालको व्यापार घाटामा कुनै परिवर्तन नहुने उल्लेख गर्दै यसमा केन्द्रित गरेर भारतसँग छलफल चलाउने बताउनभयो । काठमाडौँ–रक्सौल रेलमार्ग तथा जलमार्गको सम्भाव्यता तथा नयाँ हवाई प्रवेश बिन्दुका विषयमा पनि छलफल गर्ने उहाँले जानकारी दिनभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !