४ जेष्ठ २०८१, शुक्रबार

अन्तिम समयमा पुँजी बजार सम्हालिँदा लगानीकर्ता उत्साहित


bullness trend

१९ वैशाख, काठमाण्डौ । गत सातादेखि निरन्तर ओरालो लागेको सेयरबजार छैटौं दिनमा आईपुग्दा भने दोहोरो अंकले उकालो लागेको छ । निरन्तर घटेको बजार फर्किए पनि कारोबार रकम भने सुध्रन सकेन । बजार खुल्नासाथ केही बढेर ओरालो लागेको बजारलाई अन्तिम आधाघण्टाको कारोबारले उकासेको हो ।

कारोबारमा आएका नौ समूहमध्ये वित्त र उत्पादन बाहेकका सबै समूह सकारात्मक रहेपछि बजार दोहोरो अंकले उकालो लागेको हो।

बुधबार नेप्से ११.३७ अंकले घटेर १३६०.३८ अंकमा पुगेको छ । यसदिन १५८ कम्पनीका ७ लाख ८५ हजार कित्ता सेयर ३८ करोड ६ लाख रुपैयाँ बराबरमा किनबेच भए । अघिल्लो कराोबारको तुलनामा कारोबार रकम २ करोड कम हो ।

लगातार ६ दिन ओरालो लाग्दा ९८ अंक तल झरेको बजार दोहोरो अंकले बढेपछि केही फकिर्ने संकेत गरेको छ । तैपनि लगानीकर्ताहरु अझै विस्वस्थ हुन नसक्दा कारोबार उल्लेखीय रुपमा बढ्न सकेको छैन ।

कारोबारमा आएका नौ समूहमध्ये वित्त र उत्पादन बाहेकका सबै समूहका सूचक उकालो लागेका छन् । यसदिन सबैभन्दा बढी बीमा समूह १०७ अंकले उकालाे लाग्यो । वाणिज्य बैंक, होटल, जलविद्युत, विकास बैंक माइक्रोफाइनान्स र अन्य समूहको सूचक सामान्य बढेको छ ।

बुधबारको बजारमा सबैभन्दा धेरै स्वदेशी लघुवित्तको २ करोड ७५ लाखको सेयर किनबेच भयो । स्वदेशीको सेयरमूल्य समेत झण्डै दश प्रतिशतले बढेको छ । शतप्रतिशत हकप्रदमा लगानीकर्ता उचालिँदा यो कम्पनीको सेयरमूल्य निरन्तर बढीरहेको छ ।

यसपछि नेपाल लाइफ र नेपाल बैंकको उच्च कारोबार भयो । दुवै कम्पनीको करिब डेढ करोड बराबरको कारोबार भएको छ । सेयर संख्याका हिसाबले नेपाल बैंकको सबैभन्दा धेरै ४१ हजार कित्ता कारोबार भयो । त्यस्तै प्राइम बैंकको ३९ हजार, सानिमा हाइड्रोको ३६ हजार कित्ता सेयर किनबेच भयो ।

यसदिन पनि सबैभन्दा धेरै मितेरी डेभलपमेन्ट बैंकको सेयरमूल्य दश प्रतिशतले बढ्यो । स्वदेशी लघुवित्तको पनि झण्डै दश प्रतिशतले सेयरमूल्य बढ्दा स्वोरोजगार, समता तथा एनएमबि माइक्रो लगायतको सेयरमूल्य बढेको छ ।

सबैभन्दा धेरै सिन्धु विकास बैंकका सेयरधनीले ६ प्रतिशत बढीले गुमाएको बजारमा श्री इन्भेष्टमेन्ट, सिभिल लघुवित्त, नेपाल हाइड्रो तथा पूर्णिमा विकास बैंक लगायतको सेयरमूल्य घटेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !