४ जेष्ठ २०८१, शुक्रबार

सेयरबजारको गिरावट जारी, स्वदेशी लघुवित्तका लगानीकर्ता मालामाल


Bearish Market

१६ वैशाख, काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार  बजार सुस्ताएको छ । नेप्से परिसूचक ८.२१ अंकले घटेर १३४९.०१ को विन्दूमा सीमित  हुन  पुगेको छ भने कारोबार रकम पनि ४० करोड ३५ लाखमा सीमित भएको छ  ।

बजारमा कारोबार रकम र इण्डेक्स समानान्तर  ढंगले घट्न थाल्नु भविष्यका लागि सुखद संकेत  मानिदैन । यस्तो प्रवृति केही  दिनसम्म निरन्तर रहे भविष्यमा बजार घट्ने डर हुन्छ ।

आइतबार बैंकिङ समूह ११.०६ अंकले घट्यो  । यस्तै, जलविद्युत समूहमा १.२३ अंक, बित्त समूहमा ५.८१ अंक, माइक्रोफाइनान्स समूहमा ४.०७ अंक तथा अन्य समूहमा ८.७ अंकको गिरावट देखियो ।

यो दिन होटल समूह  ३५.१८ अंकले बढ्यो । यस्तै, बिमा  समूह २.४१, विकास बैंक समूह ४.४३ अंक, व्यापार  समूह ०.७६ अंक र उत्पादनमूलक समूह ८.१८ अंकले बढे ।

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स २.१ अंकले घट्यो भने समग्र कारोबार  मापक फ्लोट इण्डेक्स ०.६८  अंकले घट्यो।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन  बजारमा  १ सय ६१ कम्पनीका९ लाख  ६६ हजार ८ सय २९ कित्ता सेयर ४० करोड ३५ लाख ४८ हजार ६८ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी राष्ट्रिय बिमा कम्पनी लिमीटेडले १ करोड ५० लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १ करोड ४७ लाख, एनआइसी एशियाले १ करोड ४० लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४० लाखको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले १ करोड ३२ लाख, प्रिमियर इन्स्योरेन्सले १ करोड, प्रभू बैंकले ९९ लाख, सिभिल बैंकले ८३ लाख ५९ हजार बढीको कारोबार गरे । राष्ट्रिय बिमा कम्पनीको ९९ लाख बढीकै संस्थापक सेयर किनबेच भएको बजारमा नेशनल लाइफ इन्स्योरेन्सले ८० लाख बढीको कारोबार गर्यो ।

धेरै कमाउने  र गुमाउने कम्पनी
यो दिन स्वदेशी लघुवित्तले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य साढे ५ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन वरुण हाइड्रोपावर कम्पनी लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ८ प्रतिशतको हाराहारीमा  घट्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !