१८ बैशाख २०८१, मंगलबार

सचेत भएर काम गर्न कामु प्रधानन्यायाधीशको आग्रह


८ वैशाख, काठमाण्डाै ।  कायमुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले कानुन कार्यान्वयनमा सरकारी वकिलहरूको महत्वपूर्ण भूमिका रहने हुँदा सचेत भएर काम गर्न आग्रह गरेका छन् ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा शनिबार काठमाण्डौमा आयोजित सरकारी वकिलहरूको केन्द्रीय प्रशिक्षण र्कायक्रममा उनले राज्यका कानुन कार्यान्वयनमा सरकारकी वकिलहरुको महत्त्वपुर्ण भूमिका रहने भएकाले त्यसतर्फ सचेत र गम्भीर बन्न आग्रह गरेका हुन् ।

कानुनको अक्षरशः पालना, अनुसन्धानमा निर्देशन तथा नागरिकलाई मानवअधिकारको प्रत्याभूति गर्ने जिम्मेवारी पनि सरकारी वकिलको भएकाले स्वतन्त्र र निश्पक्षरूपमा भूमिका निर्वाह गर्न उनले सचेत गराए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !