२१ बैशाख २०८१, शुक्रबार

त्रिभुवन विमानस्थलमा आन्तरिक उडान सुरु, अन्तर्राष्ट्रिय उडान १२ बजेपछि मात्र


TIA1

७ वैशाख, काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय उडानको लागि भने अझै केहीसमय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ बजेभित्र सबै उडान र अवतरण सञ्चालन गर्नेगरी तयारी भैरहेको छ ।

काठमाडौंबाट मलेसियाको लागि उड्न लागेको मालिन्दो एयरको विमान राती धावनमार्गमा चिप्लिएपछि उडान र अवतरण अवरुद्ध भएको हो । विमानस्थल अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती पाएका छन् । बाहिरबाट आएका विमानलाई उतै फर्काइएको छ ।

धावनमार्गबाट चिप्लिएर बाहिर पुगेको विमानलाई त्यहाँबाट हटाउने प्रयास भैरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !