२३ बैशाख २०८१, आइतबार

माइभ्याली गोल्डकप आजवाट सुरु, उद्घाटन खेलमा आयोजक र कास्की ११ खेल्दै


Goldcup

६ वैशाख, इलाम । इलाम अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबलको चौथो संस्करण विहीबारदेखि सुरु हुँदैछ ।

इलाम सदरमुकामको टुँडिखेलमा हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक माइभ्याली फुटबल क्लब इलाम र कास्की ११ पोखरा खेल्दैछन् । खेल दिउँसो २ बजपछि सुरु हुनेछ ।

नेपाल, भारत र बंगलादेशका १२ वटा टीमले प्रतिष्पर्धा गर्ने प्रतियोगिता जिल्ला खेलकुद संघ इलाम र माइभ्याली फुटबल क्लबले आयोजना गरेका हुन् ।

प्रतियोगितामा भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाईटेड, बंगलादेशको कावराज प्रगती संघ, नेपालका त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ क्लब, संकटा, थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, झापा ११, कास्की ११ र आयोजक माइभ्याली क्लब सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार ६ सय ६७ रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल,  सर्वाधिक गोलकर्ताले २५ हजार र हरेक खेलका म्यान अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्ने माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल वैशाख १७ गते हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !