९ जेष्ठ २०८१, बुधबार

युवा संघका केन्द्रीय सदस्य सुजु मल्ल पक्राउ


Suju Malla

६ वैशाख, काठमाण्डौ । गुण्डा नाइके मनोज पुनलाई सघाएको आरोपमा प्रहरीले एमालेको भातृ संगठन युवा संघका केन्द्रीय सदस्य सुजु मल्ललाई पक्राउ गरेको छ । युवा संघको काठमाडौंमा चलिरहेको केन्द्रीय समितिको बैठकमा सहभागि मल्ललाई बुधबार राति पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

मल्ललाई रुपन्देही ल्याउने तयारी भइरहेको छ ।

बुटवल ७ दिपनगरका मल्लले दुर्गा तिवारी र बलु पौडेलको हत्याको विरोधमा भएका आन्दोलनमा दिनभर सहभागी भएर र राति सबै सूचना मनोज पुनलाई पुर्याउने गरेको प्रहरीको दावी छ । मल्लले पुनलाई पार्टीको आन्तरीक बैठकका सूचना समेत पुर्याउने गरेको प्रहरीले बताएको छ ।

२०६४ सालमा नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका मल्ल त्यसको केही समय पछि रोजगारीको लागि बेलायत गएका थिए । बेलायतबाट फर्किएपछि राजनीतिमा सकृय बनेका मल्ल युवा संघको बुटवलमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । महेश बस्नेत अध्यक्ष हुँदा युवा संघको केन्द्रीय सदस्य बनेका मल्ल अहिले पनि केन्द्रीय सदस्य नै छन् ।

प्रहरीले मनोज पुनलाई सघाएको आरोपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, एमाले कार्यकर्ता उत्तम आचार्यसहितका पाँच जनालाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !