९ जेष्ठ २०८१, बुधबार

एक लाख बढी रेमिट्यान्स भुक्तानी बैंक खाताबाट मात्र, विद्युतीय कारोबारमा सीमैसीमा


Nepal rastra Bank

४ वैशाख, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारमा कडाई गर्दै सीमा तोकेको छ ।

विद्युतीय प्रणालीबाट गरिने कारोबार बारे निर्देशन जारि गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिग, इन्टरनेट बैकिंग मार्फत हुने भुक्तानीको सीमा तोक्दै सामान्य अवस्थामा क्रेडिट कार्डबाट कारोबार गर्न नपाइने व्यवस्था गरेको छ ।

एक लाख रुपैयाँभन्दा बढिको प्रिपेड कार्ड जारि गर्न नपाइने

नेपाल राष्ट्र बैंकले सामान्य अवस्थामा एक लाख रुपैयाँभन्दा बढिको प्रिपेड कार्ड जारी गर्न नपाइने ब्यवस्था गरेको छ । अत्यावश्यक अबस्थामा पनि स्विकृति क्रेडिट कार्डको सीमामा रहि २५ प्रतिशत अर्थात २५ हजार भन्दा बढी नगद झिक्न नपाइने भएको छ।

साथै प्रिपेड कार्डबाट नेपालभित्र नगद झिक्दा न्युनतम पाँच सय र अधिकतम १० हजारसम्म झिक्न पाइने ब्यवस्था छ। एक महिनामा ५० हजारसम्म मात्र झिक्न पाइने छ।

डेबिट कार्डबाट एक पटकमा अधिकतम २५ हजार बढी झिक्न नपाइने

राष्ट्र बैंकले डेबिट कार्डबाट एक पटकमा न्यूनतम ५ सय देखि अधिकतम २५ हजारसम्म झिक्न पाइने ब्यवस्था गरेको छ। एक दिनमा एक लाखसम्म झिक्न पाइने छ। तर, यसमा पनि बैंकहरुले सुरक्षा सम्बेदनशीलता जस्ता कारण देखाएर यस्तो सीमा घटाउन पाउने सुविधा राष्ट्र बैंकले दिएको छ ।

मोबाइल बैकिंगमार्फत एक दिनमा अधिकतम १० हजार

राष्ट्र बैंकले मोबाइल बैकिंगमार्फत एक पटकमा ५ हजार रुपैयाँसम्म र अधिकतम एक दिनमा १० हजारसम्म भुक्तानी गर्न पाईने नियम ल्याएको छ । त्यस्तै एक महिनामा ५० हजारसम्म मात्र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न पाइने सीमा तोकेको छ ।

इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक एक लाख

राष्ट्र बैंकको निर्देशनअनुसार इन्टरनेट बैंकिङमार्फत बैंक तथा वित्तीय संस्थाको खातामा नगद पठाउँदा अधिकतम १ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्म मात्र पठाउन सकिनेछ। इन्टरनेट बैंकिङबाट भुक्तानी गर्दा दैनिक एक लाखसम्म कारोबार गर्न सकिने छ। मासिक रुपमा ५ लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने छ।

मोबाइल वालेटमा २५ हजार रुपैयाँभन्दा बढि नगद राख्न नपाइने 

यसका साथमा भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको इवालेट, मोवाइल वालेट, डिजिटल वालेटहरुमा नगदै वा ट्रान्सफर गरी जम्मा गर्न सकिने ब्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

एजेन्ट र सव एजेन्टद्धारा एक पटकमा अधिकतम ५ हजारसम्म, एक दिनमा १५ हजारसम्म र मासिक २५ हजार रुपैयाँसम्म जम्मा गर्न सकिने व्यवस्था गरेको छ।

बैंक मार्फत मोबाइल वालेटमा एक पटकमा कम्तिमा एक सय र अधिकतम ५ हजार रुपैयाँसम्म जम्मा गर्न पाइने छ। दैनिक रुपमा अधिकतम १५ हजार रुपैयाँसम्म मात्र जम्मा गर्न पाइने छ।

बैंकहरुमा रहेको खाताबाट भुक्तानी सेवा प्रदायक संस्थाहरुले सञ्चालन गरेको वालेटमा त्यही दिन भुक्तानी गर्ने प्रयोजनका लागि एक पटकमा ५० हजार रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने निर्देशनमा उल्लेख छ। तर मोबाइल वालेटमा २५ हजार रुपैयाँभन्दा बढि नगद राख्न पाइने छैन।

मोबाइल वालेटमा सीमा तोके पनि सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नु पर्ने कर, राजश्व, जरिवाना तथा दस्तदुरलगायतका शुल्कहरु बील बमोजिमको भुक्तानी गर्न मिल्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

रेमिट्यान्स नगद कारोबार असारसम्म दुई लाख श्रावणदेखि एक लाख

आफन्तले विदेशबाट पठाएको रेमिट्यान्सको रकम एक लाखभन्दा बढी नगद लिन नपाइने व्यवस्था समेत गरेको छ । सोभन्दा बढी नगद लिनुपरेमा बैंक खाता मार्फत मात्रै भुत्तानी हुने राष्ट्र बैंकले जनाएको छ । तर यो व्यवस्था आगामी श्रावणदेखि लागू हुनेछ । असारसम्म भने यस्तो रकम २ लाख रुपैयाँसम्म नगदै लिन पाइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !