१४ बैशाख २०८१, शुक्रबार

मोरङलाई पराजित गर्दै इलाम सेमिफाइनलमा प्रवेश


फुटबल

मोरङलाई पराजित गर्दै इलाम सेमिफाइनलमा प्रवेश
२७ चैत, पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाईवाई पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।

फिदिम माविको खेल मैदानमा सोमबार सम्पन्न खेलमा मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल पुगेको हो ।

इलामका लागि खेलको १६ औँ मिनेटमा मनिष थापा र ८४ औँ मिनेटमा सुवास राईले गोल गरे । मोरङका लागि विरेन्द्र लिम्बूले पहिलो हाफको १८ औ मिनेटमा गोल गरे पनि त्यो जितको लागि पर्याप्त भएन् । मोरङका क्याप्टेन बिक्रम लिम्वूले ३४ औ मिनेटमा विपक्षी खेलाडीलाई फल गरेर रातो कार्ड पाएपछि मैदान बाहिरिएका थिए ।

खेलको म्यान अफ द म्याच मोरङका गोलकिपर छिरिङ तामाङ घोषित हुदैं नगद ५ हजार प्राप्त गरे ।

मंगलबार जावलाखेल युथ क्लब ललितपुर र सुनसरी–११ बीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल वैशाख २ गते हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !