५ जेष्ठ २०८१, शनिबार

डेरी उद्योगमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति


आगलागी

२६ चैत, चितवन । भरतपुर महानगरपालिका– ११ बसेनीमा रहेको भिजन डेरी उद्योगमा आइतबार राती करिब ११ बजेको समयमा उद्योगका विद्युतीय सामग्री (आइब्टी र चिलिङ भ्याट)मा विद्युत् चुहावट भई आगलागी भएको छ ।

आगलागीवाट उद्योगको ब्रोइलर सेक्सन, आइब्टी सेक्सन, चिलिङ युनिट, हट रुम र कोल्ड स्टोर पूर्ण रूपमा क्षति भएको भिजन डेरी उद्योगका कार्यकारी अध्यक्ष सुरेशचन्द्र अधिकारीले बताए ।

अधिकारीका अनुसार, आगलागीवाट दूध राख्ने क्रेट २५० वटा, दूध र दही प्याकिङ गर्ने प्लाष्टिक चार क्विण्टल जलेर नष्ट भएको छ । प्रारम्भिक अनुमानमा करिब १५ लाख रुपैयाँ बराबरको क्षति देखिएको र प्राविधिक जाँचपछि सम्पूर्ण क्षतिको विवरण पत्ता लाग्नेछ ।

उद्योगका कर्मचारी, स्थानीय, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा दुई घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !