२४ बैशाख २०८१, सोमबार

वर्तमान सरकार विकासप्रति प्रतिवद्ध रहेको छ : प्रम ओली


केपी शर्मा ओली

२१ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासतर्फ अगाडि बढेको बताउनुभएको छ ।

काठमाण्डौमा दोस्रो सहकारी महासम्मेलनको उद्घाटन गर्दै उहाँले श्वेतपत्रमा उल्लेख गरिएको अप्ठेरो आर्थिक अवस्थालाई सुधार गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकार विकासप्रति प्रतिवद्ध रहेको भन्दै देशलाई तीन वर्षमा विकासशील बनाउने बताउनुभयो ।

उहाँले सन् २०३० सम्म दिगो विकास लक्ष्य पूरा गर्न सरकार कटिवद्ध रहेको पनि उल्लेख गर्नुभयो । वर्तमान सरकार यसअघिका सरकारजस्तो जोडजाम गरी नबनेको भन्दै आर्थिक समृद्धि र सुखी नेपालीको नारालाई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीले विकासका लागि जो जहाँ छौँ त्यहिँबाट सुरुवात र सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो । सरकार सरकारी आन्दोलनमा साथसाथै रहेको भन्दै उहाँले योजना र प्रतिवद्धताका साथ काम गर्न पनि आग्रह गर्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !