२३ बैशाख २०८१, आइतबार

जोशी हाइड्रोपावरले १८.१९ करोडको आइपीओ निश्कासन गर्दै


IPO

१८ चैत काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले १८ करोड १९ लाख ८६ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।

यो कम्पनीले निश्कासन गर्न लागेको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड फाइभ’को ग्रेडिङ प्रदान गरेको छ । यो भनेको कम्पनीको अवस्था निकै कमजोर र धराप छ भन्ने संकेत हो ।

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

यो जलविद्युत कम्पनीले १८ लाख १९ हजार कित्ता साधारण सेयर १०० रुपैयाँ दरले निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । योमध्ये ३ लाख ७१ हजार ३ सय कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र बाँकी १४ लाख ४७ हजार ७ सय कित्ता सर्वसाधारण लगानीकर्ता र कम्पनीका कर्मचारीका लागि निश्कासन हुने बताइएको छ ।

सिद्धार्थ क्यापिटल लिमीटेडले यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ ।

जोशी हाइड्रोपावर कम्पनीले ३ हजार किलोवाट क्षमताको माथिल्लो पुवा १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !