२१ बैशाख २०८१, शुक्रबार

म्यान्चेष्टर युनाइटेडसँग स्वान्सी सिटी २–० ले पराजित


football

एजेन्सी, १८ चैत । इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेडले स्वान्सी सिटीलाई हराएपछि दोस्रो स्थानको यात्रा कायम राखेको छ । घरेलु मैदान वल्र्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले स्वान्सी सिटीलाई २–० ले हरायो ।

खेलको पाचौं मिनेटमा नै रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । २४ वर्षे लुकाकुको प्रिमियर लिगको एक सयौं गोल हो । त्यसपछि २० औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै युनाइटेडलाई पहिलो हाफ अघि नै २–० को अग्रता दिलाए ।

बाँकी समयमा थप गोल हुन नसक्दा युनाइटेडले २–० कै नतिजामा तीन अंक जित्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !