१४ बैशाख २०८१, शुक्रबार

एफसी एसियन कपमा नेपाल यमनसँग पराजित


football

१४ चैत, काठमाण्डाै । एफसी एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ ।

कतारको दोहा स्थित सुहेम विन हमाद रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–१ ले पराजित भयो । जितसँगै यमनले अर्को बर्ष युएईमा हुने एएफसी एसियन कपमा स्थान सुरक्षित गरेको छ ।

समूह एफबाट फिलिपिन्स समुहको विजेता र यमन उपविजेता बन्दै एसियन कपमा छनोट हुँदा नेपाल र ताजिकिस्तान भने बाहिरिए ।

यमनले लिएको सुरुवाती अग्रतामा नवयुग श्रेष्ठले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । २४ औं मिनेटमा अब्दुलेवासिया अल मातारीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इज्युरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पु¥याए ।

८३ औं मिनेटमा विराज महर्जनले डिबक्स भित्र फल गरेका कारण यमनले पेनाल्टी पायो । सो पेनाल्टीलाई मातरीले नै गोलमा परिणत गर्दै यमनलाई जित दिलाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !