२० बैशाख २०८१, बिहिबार

सुरुङ्गामा आगलागी हुँदा पन्ध्र लाखको क्षति


Surunga-Khanepanii fire

१२ चैत, सुरुङ्गा । सुरुङ्गामा आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ ।

कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालयमा आइतबार राति शुरु भएको आगलागी आज बिहान मात्रै सो संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगजनीबाट सभाकक्षका झ्याल, ढोका र सभाकक्षमा रहेका फर्निचर सम्पूर्ण रुपमा नष्ट भएका छन् । आगजनीबाट १५ लाख रुपैयाँ बढीको क्षति भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिए । आगजनी के कारणबाट शुरु भयो, यकिन नभए पनि विद्युत सर्ट भएर भएको हुन नसक्ने र बाहिरी कुनै तत्वले आगजनी गराएको हुन सक्ने अनुमान गरिएको छ ।

कार्यालयमा जडान गरिएको विद्युतको मेन स्वीचमा कुनै क्षति नभएको र विदुत सर्टबाट आगजनी भएको अनुमान गर्न नसकिने कनकाई–३  निवासी सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ता यदुनाथ मिश्रले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !