२० बैशाख २०८१, बिहिबार

मन्त्री पुनले भने, ‘बैशाखदेखि औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ अन्त्य’


वर्षमान पुन

११ चैत, काठमाण्डौ । ऊर्जामन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ २०७५ को बैशाखदेखि अन्त्य हुने बताएका छन् ।

नेपाल विद्युत प्राधिकरको स्चूचाटारमा रहेको भार प्रेषण केन्द्रको आइतबार अनुमगन गरेपछि मन्त्री पुनले औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ पनि अन्त्य हुने बताए ।

नेपाल विद्युत प्रिधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको छलफलपछि उक्त घोषणा गरेका हुन् ।

औद्योगिक क्षेत्रमा हाल दैनिक चार घण्टासम्म लोडसेडिङ भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । अन्य क्षेत्रमा भने प्राविधिक समस्याबाहेक लोडसेडिङ नभएको बताइएको छ ।

उद्योगीहरूले मन्त्री पुनलाई भेटेर तत्काल औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य गर्न माग गरेका थिए । उनीहरूले रोजगारी र उत्पादनको क्षेत्रमा लोडसेडिङ हुँदा राज्यलाई आर्थिक रुपमा नोक्सान भइरहेको भन्दै गुनासो गर्दै आएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !