१४ बैशाख २०८१, शुक्रबार

त्रिभुवन विमानस्थलमा गृहमन्त्रीको छड्के


६ चैत, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरीक्षण गरेका छन् । मंगलबार दिउँसो थापा एक्कासी विमानस्थलमा पुगेर काम कारबाहीको बारेमा निरीक्षण गरेका थिए ।

गृहमन्त्री विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा थिएनन् ।

उनले त्यसबारे जिज्ञासा राख्दा एक कर्मचारीले ‘खाजा खान गएको’ भनेका थिए । उनले खाजा खाने समय १ बजेदेखि दुई बजेबीचमा हुनुपर्ने भन्दै कार्यकक्षमा नरहेका कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

उनले विमानस्थलको कन्ट्रोल रुमको पनि अवलोकन गरेका थिए । थापाले आफूले गृह मन्त्रालयको मातहतमा पर्ने हरेक क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् ।

‘यहाँ आउने जाने नागरिकले दुःख पाउनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘कार्यकक्षमा नभएका कर्मचारीलाई कारबाही हुन्छ ।’

यसअघि मंगलबार बिहान थापाले सुन्धारास्थित केन्द्रीय कारागारको निरीक्षण गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !