८ जेष्ठ २०८१, मंगलबार

बस दुर्घटना हुँदा एक महिलाको मृत्यु र १० जना घाइते


durghatana

६ चैत, बागलुङ । बागलुङको पश्चिम क्षेत्रमा पर्ने ढोरपाटनमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु र १० जना घाइते भएको छ ।

अन्दाजी ६५ वर्षीय महिलाको मृत्यु भएको हो । मृत्तकको सनाखत हुन बाँकी रहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिएका छन् ।

मध्यपहाडी लोकमार्ग हुँदै बुटवलवाट बुर्तिबाङ तर्फ जाँदै गरेको लु १ ख ७४३९ नम्बरको रात्री बस ढोरपाटन नगरपालिकाको गरगरे भन्ने स्थानमा मंगलबार बिहान दुर्घटना भएको हो ।

बस १५ मिटर तल बडिगाड खोलामा खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

घाईते हुनेहरुमा चालक पाल्पा जिल्ला रिप्तीकोट – ५ का ४७ वर्षीय कलबहादुर थापा,उनका २१ वर्षीय छोरा बिमल थापा, बागलुङ तमानखोला २ का १९ वर्षीय केसु घर्ती, ढोरपाटन नगरपालिका ८ का ५० वर्षीय नरबहादुर बिक, सोही स्थानका ४५ वर्षीय दुर्गा बहादुर बिक, १८ वर्षीय झकास बिक, भारत रामपुर रतनपुरा बस्ने बर्ष ३३ का मुस्तेतार अलि, सोही स्थानका २२ वर्षीय युवराज खान, ढोरपाटन ८ का बर्ष १५ कि चन्द्रमला बिक, बर्ष २२ का सुभाष बिक, बर्ष ९ कि आशिका बिक घाइते भएका छन् ।

घाइतेहरूको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक रानाले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !