१५ जेष्ठ २०८१, मंगलबार

दोस्रो कार्यकालका लागि पुनले लिए शपथ


उपराष्ट्रपति नन्दबहादुर पुन

५ चैत, काठमाण्डाै । उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनियताको शपथ लिनु भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासका राष्ट्रपति विद्यादेविदेवी भण्डारीले पुनलाई शपथ ग्रहण गराउनु भएको हो ।

शपथ ग्रहण कार्यक्रममा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायम मुकायम प्रधानन्यायाधीश दीपकप्रसाद जोशी, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू, सांसदलगायतको उपस्थिति थियो।

पुन दोस्रो कार्यकालका लागि उपराष्ट्रपति बन्नुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !