१४ बैशाख २०८१, शुक्रबार

विमान दुर्घटना : अझै हुन सकेन शव पहिचान


TIA Accident New

४ चैत, काठमाण्डौ । काठमाण्डौमा गएको सोमबार भएको यूएस बंगला विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये केहीको शव अझै पहिचान हुन सकेको छैन । शव पहिचान गर्न गाह्रो हुँदा आफन्तलाई बुझाउन नसकिएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार ज्यान गुमाएका केहीको दोहाेर्‍याएर पहिचान गर्नुपर्ने भएको छ । आफन्त तथा परिवारले दिएको जानकारी अनुसार कोठी, खतलगायतको परीक्षण गर्नुपर्ने हुँदा शव बुझाउन अझै केही समय लाग्ने अस्पतालले जनाएको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाका आफन्तले १ हप्तासम्म पनि शव नपाएको भन्दै आपत्ति जनाएका छन् । दुर्घटनामा ५१ जनाको ज्यान गएको थियो ।

यो पनि पढ्नुहोस् :

यूएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको ज्यान गयो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !